Like us!
Follow us!
Connect us!
Watch us!

भदौ १२ गतेदेखि मुक्तिनाथ विकास बैंकको हकप्रद बजारमा

अर्थ संसार

सोमबार, ०२ भदौ २०७६, ०८ : १४ मा प्रकाशित

भदौ १२ गतेदेखि मुक्तिनाथ विकास बैंकको हकप्रद बजारमा

अर्थ संसार,  काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको  छ । आगामी भदौ १२ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुला हुनेछ भने आवेदन दिने अन्तिम मिति असोज १५ गतेसम्म रहेको छ   ।

कम्पनीले  १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता शेयर विक्री गर्न लागेको हो  । कम्पनीले १० बराबर २ को अनुपातमा ६१ लाख २५ हजार ५२० दशमलव २५ कित्ता हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको विक्री प्रवन्धक भिबोर क्यापिटल लिमिटेड रहेको  छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू। ३ अर्ब ६ करोड ४७ लाख, ६० हजारबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद विक्रीपछि चुक्तापूँजी रू। ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको