Like us!
Follow us!
Connect us!
Watch us!

निर्यातलाई प्राथमिकता दिएर अघिबढे चाहेजति सुन उपलब्ध हुने – डा चिरञ्जीवि नेपाल

आइतबार, ०८ असार २०७६, १८ : ३० मा प्रकाशित

निर्यातलाई प्राथमिकता दिएर अघिबढे चाहेजति सुन उपलब्ध  हुने –  डा चिरञ्जीवि नेपाल

अर्थ संसार, काठमाडौं– नेपाल रत्न तथा आभूषण सघंको १५औ वाीर्षक साधारण सभाको उद्रघाटन गर्दै नेपाल राष्ट्रबैकका गर्भनर डा. चिरञ्जीवि नेपालले अब नेपाली व्यवशायिहरुले परम्परागत ढगंवाट भन्दा पनि आधुनिक, गुणस्तरीय वस्तु उत्पादनमा जोडदिनुपर्ने वताए  ।

उनले गरगहना निकासीलाई प्राथमिकता दिएर वस्तुहरु उत्पादन गरेमा चाहेजति सुन उपलब्ध गराउन नेपाल राष्ट्रबैक तयार रहेको वताए गर्भनर नेपालले सुनचाँदिको कारोवार गर्ने व्यवशायीहरुको विचमा एकता अनिवार्य रहेको समेत बताए । सक्षम कालिगढ उत्पादन कार्यको लागी तालिम उपलब्ध गराउन देखी लिएर, विश्व परिवेशमा नेपाली उत्पादनलाई वैज्ञानिक र गुणस्तरीय वनाउन चाहिने मेसिनरी औजार को लागि नेपाल राष्टबैकंले सहयोग गर्ने वताए ।

कार्यक्रममा नेपाल उधोग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले नेपाली गरगहनाको क्षेत्रमा देखा परेका समस्या र चुनौतीमा राज्य गीम्भर हुनुपर्ने वताए उनले प्रयाप्त सुन अभावका कारण व्यवशाय चलाउन गाहे परेको वताउदै अध्यक्ष राणाले यदि यो क्षेत्रमा खासगरी कालिगढि पेशामा मात्र नेपालीलाई आत्म निर्भर गराउन सके धेरैलाई रोजगारी दिन सक्ने उनको धारणा थियो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले सुनचाँदि हिराजुहारत जस्ता व्यवशाय बहुमुल्य घातु भएकाले पारदर्शी र व्यवस्थित हिसावले कारोवार गर्न उनले व्यवशायीलाई आग्रह गरे यो व्यवशाय संबेदनसिल व्यवशाय भएकाले गम्भिर भएर यसको एकाउन्टीकङ प्रणालीलाई पारदर्थी ढङ्गबाट रिपोटिङ गर्न पनि अनुरोध गरे ।

उनले सरकारले ल्याएका निती नियम का कारण कुनै समस्या आए आफु जहिले पनि व्यवशायी सगै छलफलमा रहने उनको धारणा थियो कार्यक्रममा खानी तथा भुगर्भ विभागका महानिर्देशक सोम प्रसाद सापकोटा नेपाल बैकर्ससघंका अध्यक्ष ज्ञानेन्द्र ढुङगाना, नेपाल चेम्बर अफ कर्मश का कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल र नेपाल रत्न तथा आभूषण सघका अध्यक्ष ज्योत्सना श्रेष्ठ लगाएतले गरगहना क्षेत्रमा देखापरेका हालका समस्या र चूनौतिका बारेमा आफ्रनो धारणा व्यक्त गरेका थिए। साधारणसभाले वार्षिक प्रतिवेदन समेत पास गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको