Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाइनान्सलाई गाभ्यो, चुक्ता पूँजी १२ अर्ब ८७ करोड पुग्यो (भिडियोसहित)

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १४ : ०५ मा प्रकाशित

अर्थ संसार, काठमाण्डौं- नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने भएको छ। शुक्रबार आयोजित विशेष साधारण सभामार्फत बैंकले फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित भएको हो । 

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी १२.५९ अर्ब रुपैयाँ र जेबिल्स फाईनान्सको चुक्ता पूंजी ०.८४ अर्ब रुपैयाँ भएकोमा जेबिल्स फाईनान्सको १०० रुपैयाँको एक शेयर बराबर ३३ रुपेयाँ  प्रदान गर्ने प्रस्ताव पारित भएमुताबिक जेबिल्स फाईनान्स प्राप्ति पछि एनआईबिएलको चुक्ता पूंर्जी १२.८७ अर्ब रुपैयाँ पुग्ने छ ।  

जेबिल्स फाईनान्सको प्राप्ति पछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ३२ अर्ब  रहने छ । जेबिल्स फाईनान्सको प्राप्ति पछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

जेबिल्स फाईनान्सको प्राप्ति पछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

https://www.youtube.com/watch?v=YJ6B9kEUbts

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको