Like us!
Follow us!
Connect us!
Watch us!
नेपाल एसबिआइ र प्रभु बैंकले १ अर्ब लगानी गर्ने

अप्पर नौगड गाड आयोजना बनाउन दुई बैंकसँग ऋण सम्झौता

बुधबार, १२ माघ २०७३, १८ : ३९ मा प्रकाशित

अप्पर नौगड गाड आयोजना बनाउन दुई बैंकसँग ऋण सम्झौता

अर्थ संसार
काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुलामा बहने नौगड गाढमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना निर्माण गर्न नेपाल एसबिआई बैंक र प्रभु बैंकले १ अर्ब लगानी गर्ने भएका छन् ।

एसविआइ बैंकको अगुवाइमा उक्त आयोजनामा बैंकहरुले लगानी गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नौगढ गाड आयोजनामा नेपाल एसबिआई बैंक लिमिटेडले ५५ करोड र प्रभु बैंक लिमिटेडले ४५ करोड लगानी गर्ने छन् ।

अपि पावर जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य २०६० साल असार ५ गते स्थापना भएको कम्पनी हो । यसले बनाउँदै गरेको नौगाड गढ आयोजनाको लागत १ अर्ब ४४ करोड रुपैयाँ हुने अनुमान छ । यसमध्ये १ अर्ब (७० प्रतिशत) बैंक ऋणबाट जुटाइने छ । अरु ४४ करोड (३०प्रतिशत) शेयरधनीको लगानी रहनेछ  ।

अपि पावरका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिए । यस आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिने छ ।

त्यहाँबाट १३२ केभि प्रसारण लाईनमार्फत कैलालीको अत्तरियास्थित सबस्टेशनमा जोडेर देशभर प्रसारण गरिने छ ।अपि पावरले यसअघि १७ महिनाकै छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ भदौदेखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको