Like us!
Follow us!
Connect us!
Watch us!

फर्वार्ड कम्युनिटी डेभलपमेन्टको ६ लाख कित्ता साधारण सेयर भोलिदेखि, यसरी लाइन नबसी गर्नुस् आवेदन

शनिबार, ०८ माघ २०७३, १३ : ०१ मा प्रकाशित

फर्वार्ड कम्युनिटी डेभलपमेन्टको ६ लाख कित्ता साधारण सेयर भोलिदेखि, यसरी लाइन नबसी गर्नुस् आवेदन

अर्थ संसार

काठमाडौं–फर्वार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको भोलि (आइतबार) देखि खुल्ने साधारण सेयरमा आवेदन गर्न हत्तारिनु भएको छ ? एक छिन पर्खनुस् । अब तपाई्ंले आवेदन बुझाउन घन्टौं लाइन बस्न जानु पर्ने छैन । साधारण सेयर आवेदन गर्दा तपाईंकै खातामा रकम रोकेर राख्ने प्रणाली आस्बा यही माघ १ देखि लागू भइसकेको छ । तपाईंको खाता भएको आस्वामा आवद्ध बैंकले तपाईंले सेयरमा आवेदन गरेको बरारबको रकम खातामा रोक्का राखिदिने छ । 

यस्तो सुविधा नेपालका ३४ बाणिज्य तथा विकास बैंकका शाखाहरुले उपलब्ध गराउन थालिसकेका छन् । ती बैंकका १ हजार ७ सय ६१ शाखामा यस्तो आवेदन गर्न सकिने छ । आस्बा सुविधा दिने बैंकका मुलुका ७३ जिल्लामा शाखा छन् । यति धेरै शाखामा आवेदन गर्न सकिने भएपछि लाइन लाग्ने किन झन्झट गर्नु । तपाईं फुर्सदिलो हुनु हुन्छ भने फर्वाड कम्युनिटी डेभलपमेन्ट बैंकले तोकेका आवेदन संकलन केन्द्रमा लाइन बस्न जान सक्नु हुने छ । किनकि धितोपत्र बोर्डले आस्बा प्रणाली अन्तर्गत आवेदन गर्न तत्कालका लागि अनिवार्य भने गरेको छ । बोर्डले अनिवार्य गरेपछि भने तपाईंले लाइन बस्छु भनेर पनि पाउनु हुने छैन । 

धितोपत्र बोर्डले साधारण सेयर निस्कासन गर्दा खातामै रकम रोकेर राख्ने (आस्बा) यही माघ १ गतेदेखि लागू गरेको हो । यस प्रणाली अनुसार  सेयर भरेपछि त्यसबापतको रकम त्यही बैंकमा रहेको आफ्नो खातामै रोक्का राख्न सकिने ब्यवस्था छ । कम्पनीको सेयर बाँडफाँटपछि तपाईलाई परेको सेयर बराबरको रकम मात्र बैंकले बाटेर सेयर निस्कासन तथा विक्री प्रबन्धकमार्फत सेयर निस्कासन गर्ने कम्पनीको खातामा पठाउने छ । सेयर नपरेको रकम खातामै फुकुवा हुने छ ।  

यस्तो प्रणाली पहिलो पटक फवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको साधारण सेयरमा प्रयोग गरिँदै छ । उक्त बैंकले ६ लाख कित्ता साधारण सेयर निस्कासन गर्दै छ । 

कसरी गर्ने आवेदन ?

तपाईंले पहिले आस्बाको सदस्य रहेको बैंकमा खाता खोल्नु पर्ने छ । (तपाईंको खाता भएको बैंकले यस्तो सुविधा दिएको छ, छैन सूची हेरेर थाहा पाउनुस् ।) त्यसपछि त्यस बैंकको जुनसुकै शाखामा गएर सेयर आवेदन फर्म भर्नु पर्छ । त्यसमा तपाईंको त्यस बैंकमा रहेको खाता नम्बर, आफ्नो डिम्याट खाता नम्बर, आवेदन गर्न चाहेको सेयर संख्या, रकम लगायत तपाईंको सम्पूर्ण ब्यक्तिगत विवरण भर्नु पर्छ । 

यसरी भरिने फर्म सबै सेयर निस्कासन गर्ने कम्पनीका लागि एउटै प्रकृतिको हुने छ । पहिले सम्बन्धित कम्पनीको सेयरका त्यस कम्पनीको नामै सम्बोधन गरेर छापिएको फर्म हुन्थ्यो । अहिले फर्ममा सेयर निस्कासन गर्ने कम्पनीको नाम खाली राखिएको हुन्छ । आवेदकले कुन कम्पनीको सेयरमा आवेदन गर्न चाहेको हो, त्यही कम्पनीको नाम भर्नु पर्छ ।

तपाईंले भरेको फर्मको पुछारमा माथि लेखिएको विवरणसमेत उल्लेख भएको अर्धकट्टी हुनेछ । त्यस फर्मको अर्धकट्टीलाई बैंकका कर्मचारीले तपाईंले आवेदन गरेको सेयर बजारबरको रकम खातामा रोक्का राखिएको विवरण जनाएपछि च्यातेर तपाईंलाई दिने छन् । त्यसपछि बैंकले तपाईंले गरेको आवेदन सेयर निस्कासन तथा विक्री प्रबन्धकलाई पठाउने छ । 

त्यसरी पठाइएको फर्म विक्री प्रबन्धकले सेयर बाँडफाँटमा समावेस गर्ने छ । बाँडफाँटमा तपाईंलाई कति कित्ता सेयर परेको छ, त्यति बराबरको रकम तपाईंको खाताबाट कट्टी हुनेछ । अरु रकम तपाईंको खातामा फुकुवा भएर बस्ने छ । तपाईंले आवेदन गरेदेखि बाँडफाँट नभएसम्म रोक्का रहेको रकमको ब्याज तपाईंले खाता रहेकै बैंकबाट प्राप्त गर्नु हुने छ । 

यसरी आस्बाले तपाईंलाई आवेदन फर्म बुझाउन, बाँडफाँटको पूर्जा लिन, फिर्ता पूर्जा बैंकमा जम्मा गर्न लाइन बस्नु पर्ने झन्झटबाट मुक्त गर्ने छ । यसले तपाईंको समयको समेत बचत गर्ने छ । यसरी प्राप्त गरेको आवेदनको सेयर बाँडफाँटसमेत छिटो गर्न निस्कासन तथा विक्री प्रबन्धकलाई सहज हुनेछ ।तपाईंले यति सुविधा पाएवापत बैंकलाई केही शुल्क भने तिर्नु पर्ने छ । अधिकांश बैंकले प्रति आवेदनको सुल्क १् सय रुपैयाँ तोकेका छन् । 

588316e228158.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको