Like us!
Follow us!
Connect us!
Watch us!

कुन बैंकले कति शाखाबाट लिँदैछन् आस्बा अन्तर्गत साधारण सेयरको आवेदन ? [सुचिसहित]

शुक्रबार, ०७ माघ २०७३, १६ : ३२ मा प्रकाशित

कुन बैंकले कति शाखाबाट लिँदैछन् आस्बा अन्तर्गत साधारण सेयरको आवेदन ? [सुचिसहित]

अर्थ संसार

काठमाडौं–साधारण सेयर भर्न लाइन बस्नु पर्ने दिन अब तपाईंका लागि सकिएका छन् । मुलुकभरका ३४ बैंक तथा वित्तीय संस्थाका ७ सय ६१ शाखामध्ये जुनसकै स्थानबाट तपाईंले अब नयाँ साधारण सेयर र थप सेयर (एफपिओ) भर्न सक्नु हुने छ । 

धितोपत्र बोर्डले साधारण सेयर निस्कासन गर्दा खातामै रकम रोकेर राख्ने (आस्बा) प्रणाली कार्यान्वयनमा ल्याउन बाणिज्य र विकास बैंक गरी ३४ वटा संस्थालाई अनुमति दिएको छ । ती बैंकका सबै शाखाबाट सेयर भर्न सकिने छ । सेयर भरेपछि त्यसबापतको रकम त्यही बैंकमा रहेको आफ्नो खातामै रोक्का राख्न सकिने छ । कम्पनीको सेयर बाँडफाँटपछि तपाईलाई परेको सेयरको मात्र बैंकले पैसा काट्ने छ । बाँकी रकम खातामा फुकुवा हुने छ ।  

यस्तो अभ्यास पहिलो पटक फर्वार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको साधारण सेयरमा परीक्षण गरिँदै छ । उक्त कम्पनीको साधारण सेयर आइतबारदेखि निस्कासन हुँदै छ । उक्त बैंकले ६ लाख कित्ता साधारण सेयर निस्कासन गर्दै छ । 

धितोपत्र बोर्डले पहिलो चरणमा वाणिज्य बैंक र विकास बैंकलाई मात्र आस्बा प्रणाली लागू गर्न अनुमति दिएको थियो । वित्तीय संस्था संघको मागपछि फाइनान्स कम्पनीलाई समेत आस्बा लागू गर्न अनुमति दिने बोर्डले तयारी गरेको छ । 

5881eb499241e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको