Like us!
Follow us!
Connect us!
Watch us!

बिकेन युनिभर्सल पावर कम्पनीको आइपिओ , तीन पटक थपियो म्याद

ramesh lamsal

आइतबार, १३ माघ २०७५, ११ : १६ मा प्रकाशित

बिकेन युनिभर्सल पावर कम्पनीको आइपिओ , तीन पटक थपियो म्याद

अर्थ संसार, काठमाडौं – युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारसम्म मात्र हुने भएको छ । तर सो कम्पनीको शेयर हालसम्म मात्रे १३.८५ प्रतिशत मात्रै बिक्री भएको छ ।

आइतबार बैंकिङ समयपछि आईपीओ निष्कास बन्द हुने निष्कास तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई रु २१ करोड बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गरेको हो । अझै कम्पनीको ८६.४३ प्रतिशत बराबरको शेयर बिक्री हुन बाँकी रहेको छ ।

न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म आईपीओ भर्न पाइने छ । दोलखा जिल्लाका गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेको हो। इक्रा नेपाल लिमिटेडले युनिभर्सललाई आईपीओ ग्रेड ४ दिएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी रु ९६ करोड ६१ लाख ६१ हजार बराबरको आईपीओ निष्कासन गरेको हो ।

स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु २ अर्ब ४ करोड छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको