Like us!
Follow us!
Connect us!
Watch us!

१५ करोड बराबरको आइपिओ बिक्री गर्दै चन्द्रागिरी केवलकार

मंगलबार, १७ पुस २०७५, ११ : ३० मा प्रकाशित

१५ करोड बराबरको आइपिओ बिक्री गर्दै चन्द्रागिरी केवलकार

अर्थ संसार, काठमाडौं – नेपालको व्यवसायिक घराना ग्लोबल आइएमइ समूहले सञ्चालनमा ल्याएको चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीले रु १५ करोड बराबरको साधारण बिक्रीको तयारी गरेको छ ।

१५ लाख कित्ता शेयर बिक्रीको बारेमा आवश्यक निर्णय गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर प्रतिकित्ता रु १०० मा नै खरिद गर्न पाइनेछ ।

कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधन गरेर जारी पुँजी रु १ अर्ब ५० करोड निर्धारण गरेको छ ।

कम्पनीले यही पुस ३० गते आयोजना गरिएको नवौं साधारणसभामा साधारण शेयर बिक्रीको बारेमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ । साधारणसभाले पारित गरेपछि साधारण शेयर बिक्रीको प्रक्रिया अगाडि बढ्नेछ ।

काठमाडौंमा केवलकार आईएमई समूहलगायतको लगानी रहेको छ । सो केवलकार २०७३ सालदेखि सञ्चालनमा ल्याइएको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले सोही वर्षको मंसिर ३० गते केवलकारको उद्घाटन गरेका थिए । केवलकार समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा रहेको छ । केवलकारले काठमाडौँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ ।

यो पनि पढुनुहोस्

नेप्सेमा नेपाल कम्यूनिटी, सिटिजन्स, सांग्रिला, हाइड्रोइलेक्ट्रीसिटी र समीटको शेयर मूल्य समायोजन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको