Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल कम्यूनिटी, सिटिजन्स, सांग्रिला, हाइड्रोइलेक्ट्रीसिटी र समीटको शेयर मूल्य समायोजन

मंगलबार, १७ पुस २०७५, १० : ५६ मा प्रकाशित

नेप्सेमा नेपाल कम्यूनिटी, सिटिजन्स, सांग्रिला, हाइड्रोइलेक्ट्रीसिटी र समीटको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा (आज) मंगलबार ५कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टकका अनुसार  नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोज भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक

यस बैंकले २०७४\७५ मा गरेको नाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता १ सय २० रुपैयाँ ७९ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । संस्थाको औषत आधार शेयर मूल्य १ सय ७४ रुपैयाँ ४० पैसा कायम  भएको छ ।


सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेड

नेप्सले यस बैंकले ३.६ प्रतिशत बोनस शेयरपछि  प्रतिकित्ता २ सय १० रुपैयाँ ४२ पैया हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको औषत आधार शेयर मूल्य ३ सय २ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।


सांग्रिला डेभलपमेन्ट बैंक

 यस बैंकको ४ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ सय ४३ रुपैयाँ २७ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।जसको लागि औषत आधार शेयर मूल्य १ सय ८६ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड

 यस कम्पनीको १० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ सय ५४ रुपैयाँ ५५ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।जसको औषत आधार शेयर मूल्य १ सय २७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

 समीट माइक्रोफाइनान्सको २३.५३ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ७ सय ३९ रुपैयाँ ९० पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधार शेयर मूल्य १ हजार १ सय ५७ रुपैयाँ ९५ पैषा कायम गरिएको छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको