Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावरको आइपिओ भर्दा ठिक कि बेठिक ? आजदेखि २१ करोड ३५ हजार कित्ता शेयर बिक्री खुल्ला

आइतबार, १५ पुस २०७५, ०४ : ०० मा प्रकाशित

युनिभर्सल पावरको आइपिओ भर्दा ठिक कि बेठिक ? आजदेखि २१ करोड ३५ हजार कित्ता शेयर बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं– युनिभर्सल पावर कम्पनीले २१ लाख कित्ता साधारण शेयर (आइपिओ)  आजदेखि अर्थात पुष १५ गतेदेखि निश्कासन  भएको छ ।

कम्पनीले पुष १५ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि १ सय रुपैयाँ अंकित दरमा २१ लाख ३५ हजार रुपैयाँ बराबरको साधारण शेयर निश्कासन गरेको हो । कम्पनीले दोलखामा ११ मेगावाटको तल्लो खारे खोला आयोजना निर्माणधिन अवस्थामा छ ।

कम्पनीले शेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । यस कम्पनीले निश्कास गरेको साधारण शेयर  आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले  आवेदन दिन पाउनेछन् ।लगानिकर्ताले आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने ब्यबस्था रहेको छ ।

कहाँबाट आवेदन दिने ?

युनिभर्सल पावर कम्पनीले निश्कास गरेको साधारण शेयरमा इच्छुक स्थानीयवासीले हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा कार्यालयबाट पुस २९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

विदेश जस्तै लाग्ने कोटेश्वर कलंकी सडक (भिडियो र तस्विरसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको