Like us!
Follow us!
Connect us!
Watch us!

विदेश जस्तै लाग्ने कोटेश्वर कलंकी सडक (भिडियो र तस्विरसहित)

आइतबार, १५ पुस २०७५, १० : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक खण्डको निर्माण सम्पन्न भएको छ । लाग्छ कुनै विदेशी मुलुकमा पुगे जस्तै गरी सडक निर्माण भएको छ ।

सडक असाध्यै सुन्दर मनमोहक पार्ने खालको रहेको छ । सडकलाई जति सुन्दर ठानिएको छ , त्यस्ते विभिन्न स्थमान जेब्रा क्रसिङ नराखिदा समस्या पनि उत्पन्न भएको छ ।

चीन सरकारको सहयोग निर्माण भएका उक्त सडकको केही तस्विर हामीले लिएका छौ । असाध्यै आर्कषक मानिएको उक्त सडक नेपाल र नेपालीका लागि भएकाले त्यसको संरक्षण गर्नुपर्ने दायित्व पनि हामी सबैको हो । तर जेब्राक्रसको अभावमा दुर्घटनाको जोखिम पनि उस्तै रहेको छ । हेरौ काटेश्वर कलंकी सडक खण्डका केही तस्विर ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम सम्पन्न भएको हो ।हालसम्म कोटेश्वर, बागडोल र ग्वार्कोमा मात्र आकाशे पुल निर्माण भएको छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बनेको थियो ।

5c25c087643de.jpg 5c25c08db3514.jpg 5c25c0926210a.jpg 5c25c09605f88.jpg 5c25c09c24144.jpg 5c25c0a0d6a9e.jpg 5c25c0a5c422c.jpg 5c25c0a7e0142.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको