Like us!
Follow us!
Connect us!
Watch us!
मेलामा २२२ स्टल रहने, आधुनिक प्रविधि प्रदर्शनमा राखिने

क्यान महासंघले इन्फोटेक माघ तेस्रो सातादेखि गर्ने

बुधबार, २७ पुस २०७३, २० : १४ मा प्रकाशित

क्यान महासंघले इन्फोटेक माघ तेस्रो सातादेखि गर्ने

अर्थ संसार
काठमाडौं–क्यान महासंघले हरेक बर्ष आयोजना गर्दै आएको इन्फोटेक यस बर्ष माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान ईन्फोटेकको २३ औं संस्करण आयोजना गर्ने जानकारी दिएको हो । 

सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ नाममा हुने मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् । त्यस्तै ट्रसमा १४४, ओपन स्पेस १४ र फुुड स्टल १० गरी २२२ स्टल रहनेछन् । 

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने छन् । मुख्य प्रदर्शन हलभित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेको र ट्रसमा ९० प्रतिशत स्टल बुकिङ्ग भईसकेको महासंघले जानकारी दिएको छ । 

महासंघले यस पटक ४ लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा गरेको जनाएको छ । मेला अवलोकन गर्न सर्वसाधारणहरुलाई प्रवेश शुल्क १ सय र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । माघ १६ का दिनलाई विजनेश डेको रुपमा घोषणा गरिएको छ । 

यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको क्यान अध्यक्ष विनोद ढकालले बताए । जसअन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्च गतिको इन्टरनेट प्रमुख आकर्षण बन्ने जनाईएको छ । टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछन् । 
बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ प्रदर्शनीमा उपलब्ध हुने बताइएको छ । नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् ।
क्यान ईन्फोटेकमा अनलाईन टिकट खरीद गर्दा २० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ । 

क्यान आइसिटी कन्फेरेन्स हुने 

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती अन्र्तक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना गरिँदै आएको क्यान आइसिटी कन्फेरेन्स यस वर्ष माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजामा हुने छ । इन्फर्मसेन एन्ड कम्युनिकेसन टेक्नोलोजी फर सस्टेनेवल डेभलपमेन्ट विषयमा दुई दिने १७ औं अन्तराष्ट्रिय आइसिटी कन्फरेन्स हुने छ । सम्मेलनमा स्मार्ट सिटी, भिलेज कम्युनिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट हेल्थ र स्मार्ट एजुकेसन विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको