Like us!
Follow us!
Connect us!
Watch us!

सेयर दलाललाई शाखा खोल्न दिने प्रक्रिया लम्बियो, बोर्डले फेरि नेप्सेको राय माग्ने

शुक्रबार, २२ पुस २०७३, १५ : ४६ मा प्रकाशित

सेयर दलाललाई शाखा खोल्न दिने प्रक्रिया लम्बियो, बोर्डले फेरि नेप्सेको राय माग्ने

अर्थ संसार

काठमाडौं–धितोपत्र दलाललाई यपत्यकाबाहरि शाखा विस्तार गर्न दिने प्रक्रिया लम्बिएको छ ।नेप्सेले दलालको शाखा विस्तार गर्न धितोपत्र बोर्डको सहमति मागेर पत्र पठाएपछि बोर्डले धितोपत्र दलाल व्यवसायीहरुको पूँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, आवश्यक जनशक्तिको व्यवस्थापन, नेप्सेको कारोवार प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ तथा फछ्र्यौट कार्य व्यवस्थापनसँगको जोखिम एवं जोखिम न्यूनिकरणलगायतका विषयहरुमा नेप्सेको रायमाग्ने भएको छ ।

स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालको अनुरोधअनुसार धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार कार्य अगाडि बढाउन नेप्सेले बोर्डसँग अनुमति मागेको पत्रमा धितोपत्र दलाल व्यवसायीको नाम र शाखा रहने स्थान मात्र उल्लेख भएको देखिएको भन्दै यस कार्यसँग अन्तर्नीहित जोखिम न्यूनिकरण सम्वन्धमा नेप्सेको धारणा तथा राय माग्नु परेको बोर्डले जनाएको छ । बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग र धितोपत्र दलाल व्यवसायीहरुको प्रतिनिधिसमेतको सहभागितामा वोर्डमा हालै बसेको बैठकले उक्त निर्णय गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

आगामी बर्ष राष्ट्रिय प्रसारणमा साँढे १८ मेगावाट विद्युत थप्दैछौं

धितोपत्र बजारको विस्तारमा केके भयो गएको बर्ष ?

देवः विकास बैंक आस्बामा आवद्ध

लेकसाइडको होटल स्नोल्यान्डको  ‘पोखरा टुर प्याकेज’, ५ हजारमा ३ दिन बस्ने ब्यवस्था

यूट्युबमा ‘लुट २’ को ट्रेलर टप ट्रेन्डिङ्मा (भिडियोसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको