Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य संस्थानले बेच्न थाल्यो प्रतिकेजी १० रुपैयाँ छुटमा खसीबोका, २ हजार चौपाया बेच्ने (अर्थ संसार कभरेज)

आइतबार, २८ असोज २०७५, ०९ : २० मा प्रकाशित

खाद्य संस्थानले बेच्न थाल्यो प्रतिकेजी १० रुपैयाँ छुटमा खसीबोका, २ हजार चौपाया बेच्ने (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं- दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो ।

यो पटक २ हजार खसी, बोका र च्याङग्रा बिक्री गर्ने लक्ष लिएको छ । चाडपर्वको मौका छोपेर वजार भाउ बढ्ने गरेकाले जनतालाई सहज तरिकाले कम मूल्यमा विक्रि गर्न खासी बोका विक्रि गर्ने गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

फुटपाथमा नयाँ नोटको व्यापार (अर्थ संसार कभरेज)

लागत र बजार भाउलाई हेरेर सुपथ मुल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरि प्रतिकेजी १० रुपैयाँ छुट दिईने छ । सापकोटाको अनुसार बजारको भन्दा सस्तो मूल्यमा संस्थानले विक्री गर्ने छ ।

खसी लाहान, हेटौडा, दाङवाट ल्याइएको हो भने च्याङग्रा भने सवै मुस्ताङवाट ल्याइएको हो । संस्थाको अनुसार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा र मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याइसकिएको छ। बाँकी हेटौंडाबाट खसी, बोका काठमाडौं आए पश्चात संस्थानले बिक्री गर्ने छ ।

5bc1701540e54.jpg 5bc1701ddb0b2.jpg 5bc170212f2af.jpg 5bc1702633966.jpg 5bc1703093444.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको