Like us!
Follow us!
Connect us!
Watch us!

फुटपाथमा नयाँ नोटको व्यापार (अर्थ संसार कभरेज)

आइतबार, २८ असोज २०७५, १० : ०० मा प्रकाशित

फुटपाथमा नयाँ नोटको व्यापार (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं–  ५ वर्षदेखि ज्यामि काम गर्दै आएका सिन्धुपाल्चोक घर भई काठमाडौंको मैतिदेवीमा बस्ने छविलाल थापाले  हिजोआज नयाँ नोट साट्ने  व्यवसाय सुरु गरेका छन् ।

थापाले यो नयाँ नोट साट्ने व्यवसाय असोज २२ गतेदेखि सुरु गरेका हुन् । नेपाल राष्ट्र बैंकले असाजे २१ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था गरेपछि उनले ५० हजार नयाँ नोट साटि यो व्यवसाय सुरु गरेका हुन् । रत्नपार्कको छेउमा भेटिएका थापाले १ हजार नयाँ नोट साट्दा १ सय रुपैयाँ नाफा खान्छन् । दैनिक १० हजारदेखि २० हजारसम्म नयाँ नोट साट्दै आएको थापा सुनाउँछन् ।

थापा जस्तै नुवाकोटका हरी भट्टले पनि नयाँ नोटको व्यवसाय सुरु गरेका छन् । दशैको लागि नयाँ नोटको माग धेरै भएकाले यो व्यवसाय सुरु गरेको भट्ट बताउछन् । थापा र भट्ट जस्ता रत्नपार्कमा सयको हारहारीमा नयाँ नोट साट्ने व्यापारी भेटिन्छन् । बैंकमा नयाँ नोट साट्न घण्टै लाइन बस्नु पर्ने भएपछि व्यस्त हुने मानिसहरु नयाँ नोट साट्न रत्नपार्क तिर जाने गर्दछन् ।

नेपालीहरुको महान चाड विजया दशमीमा नयाँ नोट एक व्यक्तिले ५, १०, २० र ५० रुपैयाँ दरका २ र २ प्याकेट र १ सय रुपैयाँ दरका १ प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

5bc160bb1c918.jpg 5bc160bec57fe.jpg 5bc160c721a84.jpg 5bc160d0186b5.jpg 5bc160d59020c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको