Like us!
Follow us!
Connect us!
Watch us!

अब जनता बैंकको खाता घरबाटै खोल्न सकिने

विहीबार, ११ असोज २०७५, १५ : २७ मा प्रकाशित

अब जनता बैंकको खाता घरबाटै खोल्न सकिने

अर्थ संसार, काठमाडौं– सूचना प्रविधिमा र्फत सहज र सुलभ रुपमा आमनागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

जनता बैंकको बेभ साइट www.janatabank.com.np मा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।

यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवाप्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागिमात्र प्रयोग गर्न सकिने छ ।

अनलाइनबाट खाताखोले पश्चात ग्राहकको खाता नं. र आवश्यकजानकारी ब्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्तगर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागिएक पटक ग्राहकले सम्बन्धितशाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

यो पनि पढ्नुहोस्

सेबोनले दियो शेयर ब्रोकर कम्पनीलाई कडा निर्देशन, कानून नमान्नेलाई कारवाही गर्ने तयारी Fa

गरिमाको १३.७५ % लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अब सरकारले नै मलेसियमा कामदार पठाउने, दलाल राज अन्त्य हुँदै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको