Like us!
Follow us!
Connect us!
Watch us!

गरिमाको १३.७५ % लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, ११ असोज २०७५, ०८ : ५२ मा प्रकाशित

गरिमाको १३.७५ % लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार,काठमाडौं –गरिमा विकास बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।

बैंकले नगद लाभांश र बोनस शेयर सहित विविध प्रस्ताव पारित गर्न असोज २६ गते १२ औं वार्षिक साधारण सभाको आयोजना गरेको छ ।

बैंकले साधारणसभा प्रायोजनका लागी शुक्रवार९असोज १२० देखि बुक क्लोज गर्ने भएकाले बिहीवार ९असोज ११०सम्म शेयर स्वामित्व कायम भएका सदस्यहरुले मात्र सभामा सहभागी भई लाभांशको हकदार हुनेछन् ।

साथै, गरिमा विकास बैंक र अन्य इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ती गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा पनि सो सभामा छलफल हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको