Like us!
Follow us!
Connect us!
Watch us!

सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ को लागि सम्झौता जारी राख्ने

शुक्रबार, ०९ चैत्र २०७४, १५ : ०० मा प्रकाशित

सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ को लागि सम्झौता जारी  राख्ने

अर्थ संसार, काठमाडा–सिजी फुड्स र ग्लोकल प्राइभेट लिमिटेडले ‘ग्लोकल टिन हिरो’ लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो ।

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो ।  किशोर( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो ।

यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको  चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर( किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

“हामी किशोर( किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं ।

दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ । हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागी र किशोर( किशोरीहरुको समर्थनको लागी गर्दै छौँ ।” सिजी फुड्सका सीईवो जी. पी. शाहले भन्नु भयो ।

ग्लोकल प्रा ली का कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराउनु भयो कि उहाँहरु वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउन  हर्षित हुनुहुन्छ । “सिजी फुड्ससंगको सम्झौताले अझै उर्जा मूल्य थपेको छ । र  हामीले तिन बर्ष देखी गर्दै आएको काममा सफल भएका छौँ । किशोर( किशोरीहरु, हामी यो बर्ष अझै भव्य रुपमा अघि बढेका छौँ ।

पहिलो दोस्रो र तेस्रो बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर( किशोरीहरुलाई उत्प्रेरित  र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ ।

अझै उर्जाका साथ् यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २२ बैशाख, २०७५  मा खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको