Like us!
Follow us!
Connect us!
Watch us!

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण

आइतबार, ०३ बैशाख २०७४, १० : ०९ मा प्रकाशित

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण

भर्खर भर्खर सेयर बजार प्रबेश गरेका नवप्रबेशीहरुलाई नेप्सेको अस्वभाबिक उतरचढाबले दिग्भ्रमित हुनु असोभाबिक हैन। तर मुख्य कुरा के हो भने यि सबै क्षणिक हुन्।नेप्से सधै घट्दैन र निरन्तर बढ्दैन पनि ।

घटबढ हुनु सेयर बजारको सुन्दर पक्षपनि हो। यसमा राजनैतिक, सामाजिक र आर्थिक परीवेशले महत्वपुर्ण भुमिका खेलीरहेको  हुन्छ, भने कम्पनीको बित्तिय बिबरण यसको ख मेरुदण्डनै भैहाल्यो।

पुँजी बजारमा मुख्य दुई मनोबिज्ञान हाबी भएको पाईन्छ । सेयर खरिद गरेकाहरु बजार बढोस भन्ने  चाहन्छन् भने सेयर नभएका र खरीद गर्ने मनस्थिती बनाएकाहरु भने जतिसक्दो सेयर बजार घटोस भन्ने चाहन्छन ।

हो यो अहिलेको परीस्थिती पनि ठ्याकै त्यसैसँग मेल खान्छ। साईत जुराएर चैतको पहिलो हप्तादेखी किन्न बसेकाहरु फागुन दुई गते देखीनै सेयर बजार बढ्नथाले पछि चुकचुकाउदै सही निर्णय गर्ननसक्दा  सेयर बजारको ट्रेन अन्ध धुन्द दैडीएपछि अत्तालिएर सेयर खरीद गर्नेहरु जोखिम पुर्ण यात्रा गरीरहेका छन् ।

कहिले काही गलत समयमा गरीएको सही निर्णयले पनि गलतै परीणाम दिन्छ। त्यसैले सही समयमा सही निर्णय गर्नसक्नु सफल् उपलब्धिको तत्व हो ।  राम्रो कम्नीको मूल्य धेरै माथि पुगिसकेपछि नराम्रै कम्पनीमा पनि बितिय बिबरणको बिबेक बिचारै नगरी लगानी गर्नेहरुमा चैतमा साईत जुराउने, ठुला लगानी कर्ताहरु, म्युचलफण्डहरुका साथै नबप्रबेशी लगानी कर्ताहरु यसो चपेटामा परेका छन् ।

ठुला लगानीकर्ता र म्यूचलफण्डहरु सेयर बजारलाई हल्लै हल्लामा धेरै ओरालेर सुनलाई फलामको मुल्यमा किन्ने ध्याउन्नमा नेप्से आठ सय ,नौ सय  आउछ भनेर निराधार हल्ला पिटाउनेहरु पुरानो नेप्सेको  बेसप्वाईन्ट1157 बाट तल झर्न ठुलै सेयर बजार प्रतिकुल नकारात्मक प्रभाब पर्ने परिस्थिती हुनु पर्छ।

यसलाई भुलेर 15/16 सय नेप्से हुदा 12 सय र 12 सयमा आईपुग्दा ८/९सय भन्दै चिच्याउदै गर्दा स्थानिय चुनाबको घोषणाले ‘बाघ कराउने र बाख्रा हराउने’ संयोगलाई भत्काई दियो र आफ्नै रटानमा अडान लिनेहरु नेप्से 14/15 सय आईसके पछी अत्तालिएर फटाफट् किन्न थाले जसगर्दा नेप्सेमा सर्किटनै लाग्ने परीस्थितीको सृर्जना भयो भने 12/13  सयमा बेचेर बाहिरीनीको रुवाबासी कायमै छ।

अब नेपालको सेयर बजार सुनौला दिनहरुको संङ्गघारमा उभिएको छ । अब  चाढैनै सेयर बजारले नयाँ युगको प्रबेश गर्ने छ र लगानी कर्ताहरुको सोचाई भन्दा धेरै माथिको छलाङ्ग हान्ने पक्का छ।।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको