Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो यात्रामा सुनको मूल्य, ३ दिनमै ४१ सयले घट्यो !

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०९ : ४५ मा प्रकाशित

निरन्तर ओरालो यात्रामा सुनको मूल्य, ३ दिनमै ४१ सयले घट्यो !

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 
बुधबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १२ सयले घटेर  आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय  निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ७० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।   

बिगत ३ दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । मंगलबार सुनको मूल्यमा १७ सयले गिरावट आएको थियो भने बुधबार १२ सयले घटेको थियो । तीन दिनमै सुनको भाउ तोलामै ४ हजार १ सय रुपैयाँले घटेको छ । 

आइतबार स्थिर रहेको सुनको सोमबार भने तोलामा २ सय रुपैयाँले बढेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको