Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १९ : ३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने

अर्थ संसार, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्र निष्कासनको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।

बैंकले प्रति इकाई १ हजार दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न चाहेको हो । जसमध्ये युनिटमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

'८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४' नाम रहेको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको