Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा करेक्शन : बढेको बजारमा १ अर्ब ७० करोड

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १५ : ०३ मा प्रकाशित

शेयर बजारमा करेक्शन : बढेको बजारमा १ अर्ब ७० करोड

अर्थ संसार, काठमाडौं– लगातार २ दिन ओरालो यात्रा तय गरेको शेयर बजारले आज (बुधबार) उकालो यात्रा तय गरेको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ९.१९ अंकले बढेर १ हजार ५५५.३५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९१ अंकले बढेर ३०८.३१ मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे ५७ लाख ४३ हजार ८३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७० करोड १६ लाख २६ हजार ६५८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । मंगलबार तुलनामा आज कारोबार भने घटेको छ  । मंगलबार शेयर बजारमा २ अर्ब ८१ करोड ४ लाख २५ हजार २ सय ६८ रुपैयाँको कारोबार भएकाे थियो । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेरौं आजकाे शेयर तालिका :

5f6b1401daee2.JPG 5f6b1406d52db.JPG 5f6b140a06838.JPG 5f6b140d63884.JPG 5f6b14130a374.JPG 5f6b1418aa36e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको