Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य बढ्यो

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १४ : ४१ मा प्रकाशित

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पत्ति मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं – एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ ले २०७७ साल भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । भाद्र मसान्तसम्म आइपुग्दा फण्डको खुद सम्पति बढेको छ ।

असार मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ५० पैसा रहेको फण्डकाे भाद्र मसान्तसम्ममा आइपुग्दा १२ रुपैयाँ १० पैसा पुगेको छ ।  

त्यसैगरी, भाद्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५३ करोड ५३ लाख १८ हजार रुपैयाँ लगानी गरेको छ । उक्त लगानी श्रावण मसान्तको भन्दा १०.३७ प्रतिशतले धेरै हो । श्रावण मसान्तसम्ममा फण्डको सूचीकृत कम्पनीको शेयरमा ४८ करोड ४९ लाख ९४ हजार रुपैयाँ लगानी रहेको थियो ।

5f6b0e1643cbf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको