Like us!
Follow us!
Connect us!
Watch us!

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बेच्ने !

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १० : ४८ मा प्रकाशित

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बेच्ने !

अर्थ संसार, काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ ।

यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो ।

काठमाडौँ उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो ।

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयअनुसार विभागले प्याज बिक्रीको जिम्मा कम्पनीलाई दिएको हो ।

व्यापारीले ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मन्त्रालयमा भएको निर्णयअनुसार नै व्यापारीले किनेको मूल्यमा नै कम्पनीलाई बिक्रीको जिम्मा दिइएको हो । रासस 

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ? (सम्पूर्ण जानकारी भिडियोमा) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको