Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर ल्याउँदै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १० : २३ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर ल्याउँदै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

भदौ ६ गते, मंगलबार अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच बिक्री प्रबन्धकका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १ बराबर १ काे अनुपातमा ९९ लाख ८३ हजार २ सय ३१ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगले श्रावण १६ गते नै अनुमति प्रदान गरेकाे छ ।

त्यसैगरी, हाल ९३ करोड ३० लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६८ लाख रूपैयाँ रहेकाे छ । हकप्रद निष्कासन पश्चात कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको