Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको “सहयात्रा समृद्दिको” कर्जा योजना शुभारम्भ

अर्थ संसार

बुधबार, ०७ असोज २०७७, ११ : ०७ मा प्रकाशित

प्रभु बैंकको “सहयात्रा समृद्दिको” कर्जा योजना शुभारम्भ

अर्थ संसार, काठमाडौं– प्रभु बैँकलि. ले “सहयात्रा समृद्दिको (Partnership for Prosperity” नामको कर्जा योजना आरम्भ गरेको छ ।

मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका सानाउधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगारयुवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो ।

सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समुहलाइ आर्थिक उन्नति सहित जीवन  भरको एउटा वित्तीय आधार र संयन्त्रतयार गर्ने एउटा प्रयास पनिहो ।  

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायतअन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिचबाँचिरहेका छन् । नियमित रुपमाभईरहेको आम्दानीगुमाउनु परेसँगै दैनिकरोजीरोटीको लागीआर्थिक जोहो गर्ननसक्दाअहिले निकै ठूलो आर्थिक दबाबकाबिचआफ्नो घरव्यवहार चलाउनउनिहरु बाध्य छन् । 

अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागिअनलाईन कक्षाहरु संचालन गरिरहेका छन् ।तर शिक्षकहरुले अनलाइनकक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफाटेम्पो चालकहरुलाइ अधिकतम रु १ लाख र बिधालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोहीक्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौ उपत्यका भित्रका १० जनामहिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएकोे जानकारी गराउँदछौ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाण्डौ उपत्यकाबाहिर पनिक्रमशःलागु गर्दैजाने व्यहोरा जानकारी गराइन्छ ।

“सहयात्रा समृद्दिको”कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता , वित्तीय व्यवस्थापन र अनुशासनको  ज्ञान तथा सीपहरु पनिसिकुनभन्ने अभिप्राय केन्द्रितगरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको