Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य आज पनि ह्वात्तै घट्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १० : ५५ मा प्रकाशित

सुनको मूल्य आज पनि ह्वात्तै घट्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
मंगलबार प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १२ सयले  घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय  निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदी ४० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।   

मंगलबार सुनको मूल्यमा १७ सयले गिरावट आएको थियो ।    मंगलबार र बुधबार गरी सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले घटेको छ । 

आइतबार स्थिर रहेको सुनको सोमबार भने तोलामा २ सय रुपैयाँले बढेको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको