Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले तोके बुकक्लोज मिति, कति दिने भए लाभांश ?

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १० : २९ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले तोके बुकक्लोज मिति, कति दिने भए लाभांश ?

अर्थ संसार, काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड १ र २ ले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति तय गरेका छन् ।

यी दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि असाेज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका हुन् । त्यसैले असाेज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सीबीआईएल क्यापिटल लिमिटेडकाे भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

दुवै फण्ड कोष प्रवर्द्धक सिटिजन्स बैंक रहेको छ भने प्रवन्धक तथा निश्कासन तथा बिक्रीको काम सिबिआईएल क्यापिटल लिमिटेडले गर्नेछ । 

हेर्नुहाेस् सूचना :

5f6ad2f6dbde9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको