Like us!
Follow us!
Connect us!
Watch us!

श्रमज्योति बचत तथा ऋण सहकारीले बोलायो साधारणसभा, पारित हुने यस्ता छन् एजेन्डा

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, ०७ : ३० मा प्रकाशित

श्रमज्योति बचत तथा ऋण सहकारीले बोलायो साधारणसभा, पारित हुने यस्ता छन् एजेन्डा

अर्थ संसार, काठमाडौं - श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे असाेज २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाको २०औं सभा आश्विन २४ गते शनिबार, नेपाल विद्युत प्राधिकरणकाे सभाहल, दरबारमार्ग, काठमाडौंमा दिउँसो १ बजेबाट सुरू हुनेछ । 

सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा Online मार्फत गर्न लागिएकाे हाे ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
 

5f6ab2b213cbe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको