Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! प्रयास नेपाल धादिङको अध्यक्षमा रेष्टन कडेल

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, २२ : २० मा प्रकाशित

बधाई छ ! प्रयास नेपाल धादिङको अध्यक्षमा रेष्टन कडेल

अर्थ संसार, धादिङ-   प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको १९ औं बार्षिक साधारणसभा तथा आठौं अधिबेशन मंगलबार सम्पन्न भएको छ । अधिबेशनले रेष्टन कडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा बिपिना मगर,सचिवमा वीर बहादु श्रेष्ठ,सह सचिवमा सरिता चेपाङ,कोषाध्यक्षमा गोबिन्द प्रसाद पण्डित, र सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो । 

 जनजिविका सभाहल धादिङबेसीमा भएको सामाजिक परिक्षण तथा साधारण सभामा संस्थाको ०७६/०७७ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । साधारणसभा प्रदेश सांसद डा. राम कुमार अधिकारीको आतिथ्य,संस्थाका अध्यक्ष सबिता अर्यालकोे अध्यक्षतामा  सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारी, सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल,नेकपा सचिव बिजय बुर्लाकोटी,शिक्षा विकास  तथा समन्वय ईकाईका कृष्ण कुमार श्रेष्ठ लगायतले संंस्थाको १९ औं साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

 प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा पुर्णिमा कार्यक्रम,बाल केन्दित सामुदायिक विकास कार्यक्रम,महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रम,सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम,सक्रिय परियोजना,बे्रटर ब्रिक नेपाल कार्यक्रम गरि जिल्लाको ११ गाउँपालिका र २ नगरपालिका कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो ।

कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक,कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक  प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगामी आ.ब.०७७/०७८ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ । 

   साधारण सभाले कविता खनालको संयोजकत्वमा ३ सदसीय आन्तरिक लेखा परिक्षण समिति ,उषा बि।कको संयोजकत्वमा  अनुगमन तथा बिश्लेषण उपसमिति र गीता अधिकारीको संयोजकत्वमा सेवा तथा सामाग्री खरिद उपसमिति,सन्तोष पाण्डेको संयोजकत्वमा प्रर्यावरण तथा जलवायु परिर्वतन उपसमिति,चाँदनी थापा मगरको संयोजकत्वमा बालबालिका तथा महिला उपसमिति चयन गरेको छ ।

साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।  यसै बिच प्रयास नेपाल धादिङले मंगलबार ४१ औं सामाजिक सेवा दिवसको अवसरमा कोभिड १९ जोखिम न्यूनिकरणमा सामाजिक संस्थाको भूमिका र जिम्मेवारी बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। भुवन पौडेलले कोरोना भाईरसको कारण र्सिजित सबालमा सामाजिक संस्थाको भूमिका र हाल जिल्लामा कोरोनाको पछिल्लो अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थाले मंगलबार नै नीलकण्ठ नगरपालिका ४ मा अवस्थित आमाको छात्रावासमा रहेका बालकहरुको लागि खाद्य सामाग्री सहयोग गरेको बालबालिका तथा महिला उप समितिका संयोजक चाँदनी थापा मगरले जानकारी दिनु भयो ।

5f6a2a1725837.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको