Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफ इन्स्योरेन्स चौथो बर्षमा

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १७ : ४५ मा प्रकाशित

यूनियन लाइफ इन्स्योरेन्स चौथो बर्षमा

अर्थ संसार, काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा व्यवसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले  कम्पनीले कारोबार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको बताए । उनले कम्पनीको व्यवसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने पनि बताए । 

कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो । कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र व्यवस्थित रुपमा उपलब्ध गराउंदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुँजी रहेको छ । सो जारी पुँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निष्काशन गर्ने तयारी कम्पनीले गरिहेको छ । 

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय, बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको