Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२९ पुग्यो !

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १६ : ५७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२९ पुग्यो !

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ महिला र एक पुरुष छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला र काठमाडौंका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ सहित देशभर थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२३ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ९४९ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना छन् ।  

नेपालमा हालसम्म सात जिल्ला कोरोना संक्रमणमुक्त भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगुमा संक्रमितको संख्या शुन्य रहेको छ  ।

त्यस्तै मोरङ, सिराह, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको