Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार देशभर थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १६ : ३३ मा प्रकाशित

मंगलबार देशभर थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं– मंगलबार काठमाडौं उपत्यकामा ६४७ सहित देशभर थप १ हजार ३५६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ३५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ९४९ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना छन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२३ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको