Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पायो

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १२ : २९ मा प्रकाशित

सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पायो

अर्थ संसार, काठमाडौँ -  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  

बैंकले ७ वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डमा निवेदन पेश गरेमा असोज १ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

८.५ प्रतिशत व्याजदर रहेकाे ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यपिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको