Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया ब्यालेन्स फण्डले धमाधम लाभांश वितरण गर्दै

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १२ : १४ मा प्रकाशित

एनआईसी एशिया  ब्यालेन्स फण्डले धमाधम लाभांश वितरण गर्दै

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीको बैंक खातामा धमाधम लाभांश पठाउँन थालेको छ ।

फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनी हरुलाई कर सहित ८ प्रतिशतका दरले लाभांश लाभांश वितरण गर्ने निर्णय बमोजिम उक्त लाभांश इकाईधनीको हितग्राही खातामा आज (असोज ६ गते मंगलबार)देखि जम्मा गर्न थालेको हो ।

फण्डले आफ्नो हितग्राही खातामा बैंक/वित्तीय संस्थाको खाता अध्यावधिक गराएका इकाईधनीहरुको खातामा उक्त प्रतिफल जम्मा गर्न थालेको हो ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक/वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई तुरुन्त आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अध्यावधिक गराई आफ्नो लाभांश प्रात्त गर्न सक्नेछन् ।
 

5f699c90b2c8f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको