Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल माध्यममार्फत रेमिट्यान्स भित्र्याउने कार्यमा राष्ट्र बैंकले राख्यो यस्तो शर्त !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १८ : ४२ मा प्रकाशित

डिजिटल माध्यममार्फत रेमिट्यान्स भित्र्याउने कार्यमा राष्ट्र बैंकले राख्यो यस्तो शर्त !

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्रबैंकले विप्रेषण कम्पनीहरुलाई डिजिटल माध्यमबाट रकम (रेमिट्यान्स) भित्र्याउने कार्यमा शर्त तोकेको छ । 

बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अनुमति लिएर विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था र विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा संचालनमा रहेका डिजीटल पेमेन्ट गर्ने संस्थासँग आबद्ध भई विप्रेषण कारोबार गर्दा पालना गर्नुपर्ने शर्तहरु केही थपिदिएको हो । 

राष्ट्र बैंकका अनुसार अबदेखि विदेशमा काम गरिरहेका नेपालीहरुले डिजिटल माध्यममार्फत रेमिट्यान्स पठाउन पाउनेछन् । तर विप्रेषण पठाउने संस्था उक्त देशमा संचालनमा रहेको डिजिटल पेमेन्ट इन्स्ट्रूमेन्ट संचालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ । यस्ता संस्थाहरु उक्त देशको कानुनबमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ । 

योसँगै नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेट लगायतका माध्यमबाट स्वदेशमा पैसा पठाउनका लागि बाटो खुलेको छ । 

यस्तै डिजिटल भुक्तानी उपकरणबाट अन्तर(सीमा) कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। 
राष्ट्र बैंकले डिजिटल माध्यमबाट रकम भित्र्याउन ९ वटा शर्त राखेको छ ।

राष्ट्र बैंकको सूचना हेर्नुहोस्


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको