Like us!
Follow us!
Connect us!
Watch us!

नबिलले बैंकले ल्यायो ‘नबिल फोनलोन’ सुविधा, मोबाइलबाटै यसरी पाइन्छ ऋण !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १५ : ३८ मा प्रकाशित

नबिलले बैंकले ल्यायो ‘नबिल फोनलोन’ सुविधा, मोबाइलबाटै यसरी पाइन्छ ऋण !

अर्थ संसार, काठमाडौं -  नबिल बैंकले नेपालमै पहिलो पटक मोबाइलबाट लोन लिने सुविधाको सुरुवात गरेको छ ।
डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ । 

कसरी पाइन्छ ऋण ?

यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले F1Soft इन्टरनेसनल प्रालिको सहकार्यमा ल्याएको हो। नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुविधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ । 

फोन लोनका विशेषताहरु

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स:- ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । 
इन्ँस्ट्यान्ड लोन:- बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
बिना धितो ऋण :- ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने 
सुक्ष्म ऋण :- यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने 

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।  उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको