Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक शेयर बिक्री गर्दै प्राइम बैंक !

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १४ : २३ मा प्रकाशित

संस्थापक शेयर बिक्री गर्दै प्राइम बैंक !

अर्थ संसार, काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्न लागेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको भदौ ३० गते मंगलबार बसेको संचालक समितिको निर्णयअनुसार बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीहरुलाई संस्थापक शेयर खरिद गर्न सूचित गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी बिक्रिका लागि प्राप्त उक्त शेयरहरु संस्थापक शेयर खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरु खोजि बिक्रि गरिने बैंकले जनाएको छ । 

बैंकले जारी गरीको सूचना हेर्नुहोस्:-


 

5f67187a700e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको