Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १० : ४४ मा प्रकाशित

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ९७ हजारमा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ कायम गरिएको महासंघले जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको