Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन टिएमएसका नाममा नेप्से र ब्रोकरको तमासा !

बुधबार, ३१ भदौ २०७७, ०८ : ५८ मा प्रकाशित

अनलाइन टिएमएसका नाममा नेप्से र ब्रोकरको तमासा !

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) को वेवसाइटमा ब्रोकरसमा क्लिक गर्दा धितोपत्र कारोवार गर्ने दलाल सदस्यहरुको विवरण देखिन्छ । उक्त विवरणमा सबै ब्रोकर मार्फत अनलाइन कारोवार गर्नका लागि आवश्यक छुट्टा/छुट्टै लिंक पनि दिइएको छ । लिंकमा क्लिक गर्दा एउटा पेज खुल्छ

। जसमा अनलाइन कारोवार गर्नका लागि लग इन अपसनका साथै खाता खोल्नका लागि रजिष्ट्रेशन गर्ने लिंक उपलब्ध गराइएको छ ।


रजिष्ट्रेशन लिंकमा क्लिक गरेपछि एउटा फारम भेटिन्छ । जसमाGeneral Details, Adress Details, Bank Details, Depository Details / Documents Upload गरी पाँच चरण छन् । सबै विवरण भरीसकेर application submit अप्सन क्लिक गरेपछि application submit successfully भन्ने नोटिफिकेसन देखिन्छ । र, application  को अवस्था मोबाइल नम्बर वा इमेलमा जानकारी गराइने व्यहोराको म्यासेज देखिन्छ र त्यो पेज हराउछ ।

अब निवेदक आफुलाई अनलाइन ट्रेडिङको लागि युजरनेम इमेल वा फोन नं मा प्राप्त हुन्छ भनेर बस्नु लगानीकर्ताको कुनै कमजोरी हैन । तर, जति समय घक्रिय पनि कुनै जानकारी कतैबाट आँउदैन । यसमा लगानीकर्ता नेप्सेको कमजोर नियमन र ब्रोकरको बदमासीको सिकार बन्नुपर्छ । लामो समयसम्म कुनै जानकारी नआएपछि सम्बन्धित ब्रोकरलाई फोन गर्दा उक्त अनलाइन फारम भर्नुको कुनै औचित्य नभएकाले ब्रोकर अफिसमै आएर फारम 

भर्नुको विकल्प नभएको बताउछन् । ब्रोकर कार्यालयमा गएर फारम भरेर अब कहिले युजर नेम पाँउछु भन्दा छिटोमा हप्ता दिनमा हुने बताउछन् । साथै, त्यो अनलाइन फारम पनि डिलिट गर्नुपर्ने हुँदा अरु केही दिन अतिरिक्त समय लाग्ने बताउछन् ।

जुनकुरा कार्यान्वयन गर्न सकिदैन नेप्सेले त्यो कुरा किन ल्यायो ? कार्यान्वयन गर्न सकिने भए किन कार्यान्वयन गर्न ब्रोकरलाई बाध्य पारेन ? अनि, ब्रोकरले नेप्सेलाई यो कार्यान्वयन गर्न नसक्ने जानकारी नगराएर किन जनतालाई दुख दिइरहेका छन् ? लगानीकर्ताकै पैसाबाट चल्ने नेप्से र ब्रोकरले लगानीकर्तालाई यस्ता सास्ती दिनु अपराध हैन र ? यो तमासाका निमित्त नेप्से र ब्रोकरले लगानीकर्ता सङ्ग माफी माग्नु पर्दैन ? पटक पटक अनलाइनलाई प्रोसाहन गर्नु भन्दै वक्तव्यबाजी गर्ने नेप्सेले जवाफ दिनुपर्दैन ? नेप्सेको काम पटक पटक निर्देशन दिनु मात्रै होकी निर्देशनको पालना नहुँदा कार्वाही पनि गर्नुपर्छ ? 

ऋचा ओझा 

हिमालयन दर्शन कलेज, विराटनगर 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको