Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १६ : ३६ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना महिला र ७ जना पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । 

मृतक महिलाहरुमा सिरहा, बारा काठमाडौं र  रुपन्देहीका एक/एक जना छन् । यस्तै काठमाडौंका ३ सहित सर्लाही, बारा, मकवानपुर र कपिलवस्तुका एक/एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जना संक्रमित थपिँदा १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ५६ हजार ७८८ जनामा कोरोना संक्रमण हुँदा ७१.५ प्रतिशत अर्थात् ४० हजार ६३८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६४० जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार २५० जना छन् । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको