Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको स्थगित साधारणसभाको असोजमा हुने

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १४ : १४ मा प्रकाशित

नेपाल फाइनान्सको स्थगित साधारणसभाको असोजमा हुने

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ। भदौ २८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा असोज १० गते हुने भएको हो ।

सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा हुने जनाइएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठक भर्चुअल माध्यमबाट गरिने फाइनान्सले जनाएको छ ।

कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक बोलाए थियो । तर कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सभा स्थगित गरिएको थियो। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले साउन २५ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको