Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण फेरी नेपाली बजारमा प्याजको मूल्य बढ्न थाल्यो !

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १० : ३७ मा प्रकाशित

यसकारण फेरी नेपाली बजारमा प्याजको मूल्य बढ्न थाल्यो !

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा प्याजको मूल्य बढेको छ ।  भारतबाट प्याज निर्यात हुन छाडेपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार प्याजको खुद्रा मूल्य ७५ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ। 

तर प्याज अभाव भएको भन्दै व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । सोमबारसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । 

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ । 

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । त्यसबेला पनि प्याजको मूल्य प्रतिकिलो २ सयभन्दा महँगो भएको थियो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको