Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको लिलामी शेयर पुन: सुचारू

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १९ : ३१ मा प्रकाशित

बैंक अफ काठमाण्डूको लिलामी शेयर पुन: सुचारू

अर्थ संसार, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, साेमबारबाट लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर पुन: सुचारू गरिएकाे छ ।

यसअघि काेराेना भाइरसकाे संक्रमण न्युनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको संस्थापक समूहकाे ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर पुनः लिलामी मार्फत बिक्री खुल्ला गरेकाे हाे ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार सो शेयर पुनः लिलामी मार्फत बिक्री खुल्ला गरिएको हाे ।

उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज (भाद्र ३० गते, मंगलबार) बाट असाेज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु असाेज ५ गते साेमबार १०:३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएकाे छ ।

बैंकले जारी गरेको सूचना यस प्रकारकाे छ हेर्नुहोस्:

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको