Like us!
Follow us!
Connect us!
Watch us!

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन सरकारको निर्देशन

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १६ : ४८ मा प्रकाशित

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन सरकारको निर्देशन

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पिसिआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि दुई हजार परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पिसिआर परीक्षणका लागि चार हजार ४०० तोको थियो । त्यो भन्दाअघि पिसिआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो । 

नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आइरहेको छ । रासस 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको