Like us!
Follow us!
Connect us!
Watch us!

अब २ हजार रुपैयाँमै पिसिआर परिक्षण !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १७ : ५४ मा प्रकाशित

अब २ हजार रुपैयाँमै पिसिआर परिक्षण !

अर्थ संसार, काठमाडौं – सरकारले पीसीआर (PCR) परिक्षण शुल्क घटाएको छ ।

कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमण भए/नभएको जाँच्नको लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएर 
अधिकतम शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी दिए ।

शुरुमा ५ हजार ५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको सरकारले गत भदौ १४ गते ११ सय रुपैयाँ घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर गराउन पाईने निर्णय थियो । आइतबार (आज) पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटाएर दुई हजार रुपैयाँ निर्धारण गरिएको हो।

कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिहरुको भने निशुल्क पीसीआर जाँच हुँदै आएको छ।

यसैबीच बंगलादेशबाट आएको कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नेपाल अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न स्वीकृत भएका अस्पतालहरुमा बिरामीको चाप अनुसार वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको