Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो, आज कति थपिए ?

अर्थसंसार

शनिबार, २७ भदौ २०७७, १७ : ३२ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ महिला र ११ पुरुष छन् । 

योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वार गौतमले जानकारी दिए । मृत्यु हुने महिलाहरुमा पर्साकी ७८ वर्षीया, काठमाडौंकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया छन् 
। 
यस्तै सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१ वर्षीय र भक्तपुरका ७२ र ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखा ४५ वर्षीय, कास्कीका ५१ वर्षीय र रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार २०१ जना संक्रमित थपिँदा ८५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ५३ हजार १२० जनामा कोरोना संक्रमण हुँदा ७०.६ प्रतिशत अर्थात् ३७ हजार ५२४ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
 
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १०७ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार १५३ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ३५४ जना छन् । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको