Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुग्यो, आज कति थपिए ?

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, १७ : ०१ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक महिला र ४ पुरुष छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३२२ पुगेको छ।   

मोरङकी ४० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका वर्ष ५५ का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५४ जना संक्रमित थपिँदा ९७२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ५१ हजार ९१९ जनामा कोरोना संक्रमण हुँदा ७०.६ प्रतिशत अर्थात् ३६ हजार ६७२ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
 
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २९१ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ६३४ जना रहेका छन्  ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको