Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य घट्यो, कति पुग्यो ?

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०८ : १८ मा प्रकाशित

शुक्रबार सुनको मूल्य घट्यो, कति पुग्यो ?

अर्थ संसार, काठमाडौं- नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको मूल्यमा आज (शुक्रबार)भने सामान्य गिरावट आएको छ ।
बिहिबार प्रतितोला ९६ हजार ८ सयमा कोरोबार भएको छापवाला सुन शुक्रबार प्रतितोला ३ सयले घटेर ९६ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रूपैयाँ कायम रहेको छ । 

यसअघि बुधबार प्रतितोला ९६ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै मंगलबार प्रतितोला छापावाला सुन ९५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो, भने बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो । आइतबार ९६ हजार १ रुपैयाँमा कोरोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको