Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सुधारको संकेत !

शुक्रबार, २६ भदौ २०७७, ११ : ०७ मा प्रकाशित

शेयर बजारमा सुधारको संकेत !

शेयर बजारमा सुधारको संकेत देखिएको छ । निषेधाज्ञामा पनि लगानीकर्ताहरुको उत्साह देखिएकोले शेयर बजार सुधार उन्नमुखतिर लम्केको सरोकारवालाहरुको भनाइ रहेका छन् । पछिल्लो पटक कोरोना नियन्त्रण भनेर गरेको निषेधाज्ञामा अरु क्षेत्र निषेध भएपनि शेयर बजार भने निषेध भएन ।

शेयर बजार सुचारु नै भइरहयो । यो भन्दा पहिले गरेको लकडाउनमा शेयरबजार खोल्न नहुने भनेर बबण्डर गर्ने शेयर बजारका नेताहरु पनि यस पालिको निषेधाज्ञामा पनि शेयरबजार खोल्न पर्छ भन्ने पक्षमा देखिएका थिए । निषेधाज्ञा भएपनिल गानिकर्ताहरु उत्साहित भएको देखियो  । शेयर बजार पनि उकालो लागेको थियो भन्दापनि फरक नपर्ला भने कारोवार रकममा पनि बृद्धि भएको देखिन्छ । एकै दिन४ अर्बको कारोवार भएको पनि थियो । निषेधाज्ञामा नेप्से पनि बढेको देखियो भने नेप्सेको बृद्धिले लगानीकताहरु पनि उत्साहित भएको कतिपयको भनाइ हेका छन् ।

निषेधाज्ञामा बिना काम बाहिर आवतजावत गर्न नहने भएपनि शेयरबजार उकालो लागेकोमा बिभिन्न तर्क बितर्क चर्चा बहस समेत भएको देखिन्छ । त्यसोत देश भरिनै निषेधाज्ञा भने छैन केहि जिल्लाहरुमा मात्र गरेको थियो तर पनि शेयर बजारको बढि भन्दा बढि कारोवार हुने भनेको काठमाडौबाट नै हो तर काठमाडौमा भने निषेधाज्ञा थियो । निषेधाज्ञामा शेयरबजार चलेको भएपनि राफसाफमा भने केहि समस्या देखिएको सरोकारवालाहरु बताउँछन ।
पछिल्लो समयमा शेयरबजार पनि प्रबिधि मैत्रिभइ सकेको छ । पछिल्लो समयमा अनलाइनबाट पनि शेयर कारोवार गर्न सकिने भएकोले पनि निषेधाज्ञामा पनि शेयरबजार बढेको कतिपयको भनाइ छ ।

पछिल्लो समयमा अनलाइनबाट शेयर कारोवार गर्नेहरुको सख्या दिनानदिन बढेको देखिन्छ । अनलाइनबाट घर पसल अफिस जहाँपनि बसेर कारोवार गर्न सकिने भएकोले लगानीकर्ताहरु बढि उत्साहित भएको सरोकारवालाहरु बताउँछन । त्यसोत शेयरबजारमा बिगतको अर्थमन्त्रि डा. युवराज खतिवडाको नामपनि शेयरबजारमा जोडिने गरेको थियो । शेयरबजार घट्ने बढ्ने भएपछि डा खतिवडाको नाम जोडिने गर्थ्यो । डा. खतिवडा शेयरबजार प्रति नकारात्मक धारणा राख्ने ब्यक्ति भनेर शेयर बजारका लगानीकर्ताहरुको भनाइ रहेको थियो । डा. खतिवडा अर्थ मन्त्रिभए सम्म शेयरबजारमा डा खतिवडाको छवि लगानीकर्ताहरु माझ राम्रो देखिएन भन्दापनि फरक नपर्ला । 

डा खतिवडाले शेयरबजार प्रतिदिने अभिब्यक्तिको कारणले शेयरबजारमा नकारात्मक प्रभाब पार्ने गरेको कतिपयको भनाइ रहेको थियो । डा. खतिवडा अर्थमन्त्रिबाट हट्ने केहि हल्लाचल्यो कि शेयरबजारमा प्रभाब पर्ने देखिन्छ । त्यसोत डा खतिवडाले अर्थमन्त्रिबाट राजिनामा दिइ सकेका छन् । डा. खतिवडा अर्थमन्त्रिबाट हटिसकेको भएपनि शेयरबजारमा भने त्यति असर परेको देखिएन त्यसोत कतिय लगानीकर्ताहरुले अर्थमन्त्रिबाट डा खतिवडा हटेपछि शेयरबजारले ठूलै फड्को मार्ने देखिएका थिए । 

त्यसोत अर्थसास्त्रमा डाक्टर गरेको देशको अर्थतन्त्र जानेको अर्थशाश्त्रको बिज्ञ नेपाल राष्ट्र बैंकको गर्भनर समेत भइसकेको डा खतिवडा शेयरबजारप्रति किन सकारात्मक बन्न नसकेको भन्ने पनि कतिपयको भनाइ रहेका छन् । त्यसोत डा खतिवडा अर्थमन्त्रि बने लगत्तैै बिबिसि लाइदिएको एउटा अन्तरवार्तामा शेयरबजारलाइ अनुउत्पादक क्षेत्र भनेको भनाइलाई उचालेर डा. खतिवडाको नाम बजाएर एकथरि लेडा खतिवडालाइ शेयरबजारको भिलेनको रुपमा चित्रण गरेको पनि केहिको भनाइ रहेका छन । त्यसोत ओलि नेतृत्वको सरकारमा डा. खतिवडा मात्र बिज्ञ मन्त्रि अरु मन्त्रिहरु त चप्पल छाप, ८ कक्षाा फेलहरु मात्र भनेर पनि कतिपयले भन्ने गरेका छन् ।  

कोरोनाले कहरले ब्यापार ब्यबसायहरु ठप्प छ । तत्काल लगानी गर्न अरु क्षेत्रमा गर्न नसकिने अबस्थाले शेयरबजार प्रति लगानीकर्ताहरुको आकर्षण भएको भन्ने कतिपयको भनाइ रहेका छन् । शेयर बजारमा छोटो अबधिको लागिपनि लगानी गर्न सकिन्छ ।  त्यसैगरि शेयरबजारमा लगानी गर्नको लागि स्रोत खुलाउनु पर्ने झन्झटपनि त्यति नरहेको कारण शेयरबजारप्रति आकर्षित भएको हो भन्नेपनि कतिपयको भनाइ रहेका छन् ।

त्यसोत शेयरबजारमा लगानीकर्ताहरको चाप देखियोकि कारोवार बढ्यो कि अबैध रकमको पनि चर्चा हुने गरेका छन् ।  शेयरबजारमा बेला बेलामा देखिने यो शेयरबजारको रोग जस्तै भइ सकेको छ । पछिल्ले समयमा बैंकहरुको ब्याज दर पनि घट्ने ट्रेण्डमा छ  । बैंकको ब्याज दर घटेपछि शेयरबजार बढ्ने र बैंकको ब्याज दर बढेपछि शेयरबजार घट्ने पनि गरेका छन् । शेयरबजारमा बैंकको ब्याज दर र तरलताले पनि प्रभाब पारेको हुन्छन् ।  त्यसोत बेला बेलामा नियामक निकायहरुको नीति नियम निर्देशनमा पनि शेयर बजारमा असर गर्ने गरेका छन् ।

पछिल्लो समयमा शेयरबजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै छ । चाहे प्राथमिक बजारमा होस चाहे दोश्रो बजारमा होस् नयाँ नयाँ लगानिकर्ताहरुको प्रबेश भइरहेका छन् डिम्याट खातामा दर्ता भएकाहरु नै १८ लाखभन्दा बढि भइसकेको सरोकारवालाहरु बताउँछन । त्यसैगरि आइपिओ शेयर खरिद गर्नको लागि आबेदनदिनेहरुको सख्यापनि लगभग ६ लाख भइसकेका छन ।

प्राथमिक बजारमा लगानिकर्ताहरु बढेपछि दोश्रो बजारमा पनि स्वत बढ्छ ।  त्यसोत शेयरबजार भनेको चिक्रय प्रणालीमा चल्ने बजार हो भनेर पनि भन्ने गरेका छन  । शेयरबजार सधै घट्ने र सधै बढ्ने भइ रहदैन । शेयर बजार भनेको घट्ने बढ्ने भइरहन्छ । शेयरबजार बढ् पछि घट् पनि घटेपछि बढ्छ पनि कतिपय अबस्थामा शेयरबजारमा हल्ला र चलखेलले पनि प्रभाब पार्ने गरेका छन् । यसकारणले शेयरबजारका लगानिकर्ताहरु सतर्क र सचेत जानकार  मुलकहुन पर्दछ । 
 

धितोपत्रबोर्ड दिने प्रशिक्षण कार्यक्रममा सेबोनको फेस बुक फेजमाबाट प्रत्यक्ष लाइभ हुने भएकाले लगानीकर्ता त्यहाँबा सहभागि हुन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको